ओली–भण्डारीलाई पानीमुनि गए पनि नछाड्ने देउवाले लिए प्रतीज्ञा, एमालेको भण्डाफोर

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ जेठ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्दलीय भन्नेहरूलाई संविधानको धारा ७६ को उपधारा (५) पढ्न सुझाव दिएका छन् ।

नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा बिहीबार जुम अन्तर्क्रियालाई सम्बोधन गर्दै देउवाले संविधानलाई राम्रोसँग पढेर निर्दलीयबारे टिप्पणी गर्न आग्रह गरे । उनले संविधानको व्यवस्थाअनुसार आफूले प्रधानमन्त्रीमा दाबी गरेको बताए ।

‘यो निर्दलीय अभ्यास होइन । संविधानकै धाराअनुसार हो’, देउवाले भने, ‘निर्दलीय भन्नेहरूले संविधानको धारा ७६ को ५ पढ्नु त्यहाँ कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्नेछ ।

सभापति देउवाले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गरे पनि राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको बताए ।

उनले संविधानको धारा ७६ को उपधारा (५) अनुसार १४९ सांसदको हस्ताक्षर आफूले राष्ट्रपतिलाई बुझाए पनि कुनै भेरिफाइ नगरी राष्ट्रपतिले सरकारको सिफारिसमा मध्यरातमा प्रतिनिधि सभा विघटन गरेको बताए ।

संविधानको धारा ७६ को उपधारा (५) अनुसार सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको बताए । सभापति देउवाले राष्ट्रपतिले सांसदको समर्थन छ कि छैन भन्ने भेरिफाइ नगरेकोमा असन्तुष्टि जनाएका छन् ।

‘बरू राष्ट्रपतिले भेरिफाइ गरेको भए हुन्थ्यो’, उनले भने, ‘सांसद बोलाएको भए पनि हुन्थ्यो ।

राति विघटन गर्नुभयो’, देउवाले भने, ‘राष्ट्रपतिजस्तो व्यक्तिले यसरी प्रधानमन्त्रीले भन्दैमा संविधानको ठाडो उलंघन गर्नुभएको छ । संविधानमाथि हस्तक्षेप भएको र राजनीतिक संकट आइपरेकोले आफू अदालत गएको देउवाले बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेकी थिइन् । विश्वासको मत नलिएका ओलीले पदबाट राजीनामा पनि दिएका थिएनन् । ओलीले कुनै पनि संवैधानिक प्रक्रिया पूरा नगरेर शुक्रबार पुनः प्रधानमन्त्रीमा दाबी गरेका थिए ।

ओलीको प्रधानमन्त्री कुर्सी बचाइदिन भण्डारीले प्रधानमन्त्रीमा दाबी नपुगेको बहाना बनाएर प्रतिनिधि सभा मध्यराति विघटन गरेकी थिइन् । यसैबीच, सभापति देउवाले पुराना महाधिवेशन प्रतिनिधिबाट महाधिवेशन गर्दा नयाँ क्रियाशील सदस्य रिसाउने बताएका छन् ।

‘रामचन्द्र पौडेलजीले पार्टी अधिवेशनको कुरा गर्नुभएको छ’, उनले भने, ‘अधिवेशन गरेन भन्ने कलंक म व्यहोर्न चाहन्नँ । म तपाईंसँगै जेलमा पनि बसेको हुँ । कसरी महाधिवेशन गर्ने छलफल गरौं भनेकै छु’, उनले भने, ‘सबैको चित्त बुझाएर महाधिवेशन गरौं भन्ने हो ।

सभापति देउवाले कोरोना महामारीबीच पनि महाधिवेशन गर्ने बाटो खोजी गर्नुपर्ने बताएका छन् । कोरोना आयो त के गर्ने ?’, देउवाले भने, ‘यस्तो बेला भेला गरेर मानिस मर्न सक्छन् ।

‘वास्तवमा मलाई रहर पनि छैन’, देउवाले भने, ‘कोरोना छ यस्तो बेला महाधिवेशन कसरी गर्ने निकास खोजौं भनेको छु । कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि १० सम्म काठमाडौंमा गर्ने घोषणा गरेको थियो ।

सभापति देउवाले आफूले सर्वोच्चमा रिट दिएकोले प्रतिनिधि सभा पुनर्स्थापना नहुञ्जेल त्यसैमा केन्द्रित हुनुपर्ने बताएका छन् । प्रविधि प्रयोग गर्न सकिन्छ भन्नेछ । अनलाइनबाट नै महाधिवेशन गर्न सकिन्छ भन्ने पनि छ’, उनले भनेका छन् ।

नेता रामचन्द्र पौडेलले २०७२ सालमा भएको १३औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिबाटै पनि नयाँ नेतृत्व चयन गर्न सकिने प्रस्ताव गरेका छन् ।

उनले अहिले जति क्रियाशील सदस्य छन् तिनैबाट पनि महाधिवेशन गर्न सकिने बताए । पार्टी विधानअनुसार केन्द्रीय समिति निर्वाचनबाट चयन भएर आउनुपर्ने भएको पौडेलले बताएका छन् ।

‘कि एक वर्षे कार्यकालका लागि महाधिवेशन गरौं’, पौडेलले भने, ‘पुरानै महाधिवेशन प्रतिनिधिबाट पनि महाधिवेशन गर्न सकिन्छ ।