एमालेका थप १२ नेतालाई स्पष्टिकरण पत्र पठाउने तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १२ जेठ ।

नेकपा एमालेले पार्टीका नेता तथा विघटित प्रतिनिधिसभाका १२ सांसदलाई बुधबार स्पष्टीकरण पत्र पठाउने भएको छ । सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षका सांसदलाई स्पष्टीकरण सोध्न लागेको हो ।

सोमबारको बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यमा समेत नरहनेगरी निष्कासन गरेको थियो । यस आज थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

आफ्नै पार्टी नेतृत्वको सरकारलाई असहयोग गरेको भन्दै २३ एमालेले २३ जना विघटित प्रतिनिधिसभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने स्थायी समितिको निर्णयअनुसार आज पत्र पठाउन लागिएको एमाले ओली पक्षका नेता शेरबहादुर तामाङले जानकारी दिए ।

उनले पत्र तयार भएपछि आजै पार्टी अध्यक्षले सहि गरेर पठाउने तयारी भएको बताए । एमालेले दोस्रो चरणमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टिकरण सोध्न लागेको हो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]