काठमाडौंमा कडा निषेधाज्ञा : के गर्न पाइन्छ ? के गर्न पाइन्न ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ जेठ ।

राजधानी ठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि १ हप्ता थप्दै झन् कडाइ गर्ने निर्णय भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकपछि काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले आदेश जारी गर्दै कडाइबारे जानकारी दिएका छन् ।

थपिएको निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म लागू हुनेछ । कोरोना महामारीका कारण वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुँदै आएको छ ।

कोरोना संक्रमण रोकथामका लागि गत वैशाख १६ देखि निषेधाज्ञा लागू भइरहेको काठमाडौं उपत्यकामा जेठ १३ गतेपछि पनि यो अवधि थप गर्ने तयारी गरिएको छ ।

उपत्यकामा दोस्रो पटक थपिएको निषेधाज्ञाको अवधि यही जेठ १३ गते मध्यराति १२ बजे सकिँदैछ । तर कोरोना संक्रमण अझै मत्थर नभएकाले अझै केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

यस विषयमा आज उपत्यकाका तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको बैठक गरेर निर्णय गरिने उनले बताए । अहिलेसम्मको सोचअनुसार अरू एक हप्ता थप्ने कि भन्ने भए पनि आज बैठक बसेपछि यसको निक्र्याेल हुने उनले जानकारी दिएका छन् ।

पढ्नुहोस् निषेधाज्ञाको पूर्णपाठ –