घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ जेठ ।

मंगलबार सनुको मूल्य घटेको छ । सोमबार प्रतितोलाको ९३ हजार ७ सय सुन रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला दुई सय रुपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि घटेर ९३ हजार कायम भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेप्सेमा नयाँ रेकर्ड : एकै दिन सवा १३ अर्बको किनबेच

साताको दोस्रो दिन नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से सूचक ३.०७ अंकले बढेर २८२३.०६ को बिन्दुमा पुगेको हो । यो हाल सम्म कै उच्च बिन्दु हो ।

आज १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १ सय ८७ रूपैयाँ बराबरको कारोबार भएको छ । यो हाल सम्म कै उच्च हो । आज कारोबारमा आएका २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २ सय २ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज बरुण हाईड्रोपावर, युनाईटेड मर्दि हाईड्रोपावर लगायत ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज निर्जीवन बीमा,ईन्भेष्टमेन्ट, बैकिङ् लगायत ५ क्षेत्रको समूहगत सुचक बढेको भने फाईनान्स ट्रडिङ् लगायत ८ क्षेत्रको समूहगत सुचक घटेको छ ।

निर्जीवन बीमा समुहको सूचक सर्बाधिक बढी १.३९ प्रतिशतले बढेको छ भने सर्वाधिक बढी फाईनान्स समुहको सूचक २।२ प्रतिशतले घटेको छ ।

आज हाईड्रोइलेक्ट्रिसिटि ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै १ अर्ब २६ करोड १९ लाख र नेको ईन्स्योरेन्स कम्पनीको ३७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।