नायिका सुरक्षा पन्त भन्छिन्– कपी कन्टेन्टमा काम गरेको थाहा पाउँदा मन दुख्छ

हाम्रो सन्देश संवाददाता

काठमाडाैं–

केही समयअघि युट्युवबाट प्रदर्शनमा आएको छोटो फिल्म मन बार भारतीय फिल्मबाट हुबहु कपी भएको पाइएको छ। अवार्डसमेत जितेको छोटो फिल्म नामर्दबाट कथावस्तु मात्रै हैन, संवाद र दृश्य समेत कपी गरिएको छ ।

यो कुराको सर्बत्र बिरोध भएपछि मन बार फिल्ममा अभिनय गरेकी नायिका सुरक्षा पन्तले सामाजिक सञ्जालमार्फत आफ्नो तर्क पेश गरकी छन् ।

फिल्म हुबहु कपी भएको थाहा नभएको बताउँदै उनले याे थाहा पाउँदा आफूलाई निकै दु:ख लागेको बताएकी छन्। उनले लेखेकी छन्, ‘कुनै आइडिया मन पराएर नै काम गरिन्छ तर यस्तो गलत हर्कतले गर्दा आफ्नो कामप्रति नै कहिलेकाहीं मन खुम्चन पुग्छ।’

आफू ब्यक्तिगत रुपमै अर्काको उपाय चोरी गर्नेको बिरोधी भएको भन्दै उनले अनविज्ञताबस आफू यसमा सामेल हुन पुगेकाले खेद प्रकट गरेकी छन्।

उनले यस्ता घटना अझै घट्न सक्ने भन्दै लेखकको सम्मानमा ठेस नपुर्‍याई कलाकारले कपी हो या हैन कसरी सोध्ने होला भन्ने जिज्ञासा पनि राखेकी छन्।

उक्त छोटो फिल्मको दोस्रो भाग पनि बनाउने सल्लाह भएको बताउँदै उनले अब त्यसमा आफूले काम नगर्ने घोषणा गरेकी छन् ।