साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेपछि, झलनाथ खनालले दिए यस्तो प्रतिकृया

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० जेठ ।

नेकपा एमालेले वरिष्ठ नेतामाधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ। नेपाल र खनालसहित विघटित संसदका ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेको हो।

बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ, माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको बताइएको छ। निष्कासनमा पर्नेमा रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, पुष्पा कर्ण कायस्थ, लक्ष्मी चौधरी, सरला यादव, निरादेवी जैरु, कलिला खातुन र कल्याणी खड्का रहेका छन्।

पार्टी निस्कासन गरे संगै नेताहरुले प्रतिकृया दिन सुरु गरेका छन् । नेकपा एमालेबाट निष्कासित नेता झलनाथ खनालले आफूहरुलाई गरिएको कारवाहीको कुनै अर्थ नरहेको बताएका छन् ।

आज बसेको स्थायी कमिटि बैठकले खनालसहित माधवकुमार नेपाल लगायतका ११ जनालाई एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेपछि प्रतिक्रिया दिँदै ओलीलाई कम्युनिष्ट आन्दोलनकै गद्दार भएको आरोप लगाए। ‘केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनको गद्दार हो, कारबाहीको ओचित्य छैन,’ खनालले भने।

बैठकले झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो। यस्तै, बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
etajakhabar मा प्रकाशित कुनै समाचार ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]