केवलकार दुर्घटना हुँदा एक बच्चासहित १४ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

इटाली, १० जेठ ।

इटालीको उत्तरी क्षेत्र स्थित माजोरे ताल नजिकैको पहाडमा केवलकार दुर्घटना हुँदा कम्तिमा१४ जनाको मृत्युभएको छ ।

स्ट्रेसा बजारबाट यात्रुलाई पिड्मोन्ट क्षेत्रको मोतारोनी माउन्टेन लैजाने क्रममा केवलकार दुर्घटना भएको हो । केवलकार वन क्षेत्रमा काटिएका रुखमाथि खसेको हो ।

ज्यान गुमाउनेमा पाँचजना इजारायली रहेका छन् ।पाँच र ९ वर्षका दुई बच्चालाई विमानबाट उद्धार गरी तुरिनस्थित अस्पताल लगिए पनि ९ वर्षको बच्चाको च्यान गएको हो ।

केवलकार झण्डै २० मिटर तल जमिनमा खसेर ओरालोमा गुड्किएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु, पाँच घाइते

अमेरिकामा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु भएको छ। घटनामा पाँच जना घाइते भएका छन् ।
ओहायोको योङ्सटाउनमा गोली चलेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । घाइतेलाई उपचारको लागि सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ ।

योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएन् घटनामा तीन जनाको मृत्यु भएको जनाएको हो । एउटा बारमा गोली चलेको अधिकारीहरुले जनाएका छन् ।

सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्ति वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान अघि बढाएको छ । एजेन्सी