कुवेतमा झापाकी मुना राईकाे हृदयाघातकाे कारण मृत्यु

हाम्रो सन्देश संवाददाता

हरी कृष्ण न्यौपाने /काठमाडौं, ९ जेठ ।

बुद्दशान्ती-७, धारागोला भ्यूटावर झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत मुना राईको हृदयघातको कारण मृत्‍यु भएको छ। भारतीय बाटो हुँदै करिब ३ बर्ष अघी कुवेत आएकी मुनाको २० मेई,२०२१ बिहीवारको दिन मृत्‍यु भएको हो ।

नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले तीतोपाटी डट कम संग भने ” रहदानी नं-१०६७३६८३ भएकी मुना राईको मृत्‍यु भएको जानकारी नेपाली राजदूतवासमा आए पछी हामीले मृतकको परिवार र कुवेतको सम्बन्धित निकायसंग कानुनी प्रकृयाको लागि समन्वय शुरु गरिसकेका छौ ।

सिलवालले थपे,मृतक राई भारतीय बाटो हुँदै श्रम नगरी कुवेत आएको र केही समय देखी आफ्नो स्पोन्सर छोडेर अबैधानिक रुपमा काम गर्दै आएको देखिएको छ।

पारिवारिक श्रोतका अनुसार २८ बर्षिय मृतक मुना राईको श्रीमानको पनि मलेशियामा कार्यरत रह्दै गर्दा मृत्‍यु भएको थियो।