राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन (तस्वीरहरू)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ जेठ ।

प्रतिनिधि सभा विघटनको विरोध गर्दै विद्यार्थीले ललितपुरको पाटन क्याम्पस अगाडि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका छन्। 

अनेरास्ववियूका विद्यार्थीले आइतबार साँझ राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन्। उनीहरूले राष्ट्रपति र प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम चालेको भन्दै प्रदर्शन गरेका छन्। 

विद्यार्थीले पुत्ला दहन गर्दै नाराबाजी गरेका थिए। प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पारेको थियो। 

अब मन्त्रिमण्डल हेरफेर हुन्छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर हुने बताएका छन्। अहिले विभिन्न ७ मन्त्रालयको जिम्मेवारी आफैंसँग रहेको भन्दै प्रधानमन्त्री ओलीले केही समयमै मन्त्रिमण्डल हेरफेर हुने बताएका हुन् ।

बालुवाटारमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले ७ मन्त्री नियुक्त मात्रै गर्ने नभएर अन्य दलहरु पनि सहभागी हुने अवस्था आए २५ भन्दा बढी सदस्य नहुने गरी हेरफेर हुने जानकारी दिए।

७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’

उनले दलहरुको हैसियत अनुसार मन्त्रालय दिएर चुनावी सरकार बनाउन सकिने स्पष्ट पारे।