माधव नेपाल निकट नेताले दर्ता गरे नयाँ पार्टी यस्तो छ पार्टीको नाम

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ जेठ ।

नेकपा एमाले माधव नेपाल समुहका एक युवा नेताको नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता भएको भेटिएको छ । युवा नेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नामको दर्ता भएको भेटिएको हो ।

बैसाख ७ गते दल दर्ताको निवेदन दिएको उक्त पार्टीको प्रमाणपत्र आउन बाँकी रहेको बताइएको छ । माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेको बताइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव हो कि भन्ने आशंका बढेको छ ।

उक्त पार्टीको चुनाव चिन्ह भने कलम मागिएको छ ।

दर्ता भएको नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुला, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् ।

प्रधानमन्त्री ओलीमाथि खनिए घनश्याम, छक्कापञ्जा तरिकाले समस्याको समाधान नहुने दाबी

नेकपा (एमाले) का नेता घनश्याम भुषालले सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैद्यता गुमाउँदै गएपछि नागरिकहरुलाई भ्रमित पारेर समाजमा नक्कली वैद्यता सिर्जना गर्न प्रयत्न गर्ने टिप्पणी गरेका छन् । तर, त्यसको परीणाम भने विपरित हुने उनको भनाई छ । सामाजिक सञ्जाल फेशबुमार्फत उनले सत्ताधारीले जति जति चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैद्यता पाउँदै जाने पनि दाबी गरेका छन् ।

उनले लेखेका छन्-“सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पङ्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ । वास्तवमा परिणाम विपरित हुन्छ । उसले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जान्छ ।

सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ । यसबारे माक्र्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो । अथवा यसरी भनौँ – राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आजका विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]