ओलिले ४३ सांसदको किर्ते हस्ताक्षर गरेको खुलासा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा १ सय ५३ सांसदको समर्थन रहेको भन्दै फेरी प्रधानमन्त्रीको दाबी गरेका छन् । नेकपा एमालेको एक सय २१ जना र जनता समाजवादी पार्टीको ३२ जनाको समर्थन आफुलाई रहेको भन्दै राष्ट्रपति निवास शितल निवासमा पुगेर दाबी दिएका हुन् ।

नेकपा एमालेको माधव नेपाल समुहका २७ सांसद र उपेन्द्र यादव र बाबुराम भट्टराई समुहको समेत सांसदको किर्ते हस्ताक्षर गरेर ओलीले १ सय ५३ जना सांसद पुर्याएको पाइएको छ ।

ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले सार्वजनिक गरेको मत संख्यामा ओलीको पक्षमा १ सय ५३ जना सांसदको हस्ताक्षर रहेको बताइएको छ । तर, नेकपा एमालेका माधव नेपाल समुहका २७ सांसद र जनता समाजवादी पार्टीका बाबुराम उपेन्द्र समुहका १६ सांसदको समेत किर्ते हस्ताक्षर गरेको ओलीमाथि आरोप छ ।

जबकी विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले माधव नेपाल, माओवादी केन्द्र र उपेन्द्र यादव सहितको १ सय ४९ जना सांसदको हस्ताक्षर लिएर शितल निवास पुगेका थिए । त्यहाँ देउवा मात्रै थिएनन् उनीसँगै माधव नेपाल, उपेन्द्र यादव र प्रचण्ड समेत उपस्थित छन् । उनीहरु विपक्षी गठनबन्धनमै सामेल भएर शितल निवास पुग्नु अघि नै ओलीले उनीहरुको समेत किर्ते हस्ताक्षर लिएर शितल निवास पुगेका थिए ।(दियो पोस्टबाट साभार)

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]