सामुहिक राजिनामा दिदै छौ – रामकुमारी झाक्री

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ जेठ ।

बैठकमा सामूहिक राजीनामाको विकल्पमा छलफल भइरहेको एमाले सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् । खनाल-नेपाल पक्षले यसअघि पटक-पटक राजीनामा दिने तयारी गरेपनि रोकिँदै आएको थियो ।

नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका सांसदहरूले आजै सामूहिक राजीनामा दिने विषयमा छलफल शुरू गरेका छन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा भइरहेको छलफलमा मुलुकलाई वैकल्पिक सरकार दिन सामूहिक राजीनामा दिने विकल्पमा छलफल भइरहेको हो ।

खनाल-नेपाल पक्षका कम्तिमा २० सांसदले राजीनामा दिएको खण्डमा कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्षको समर्थनमा सरकार बन्न सक्छ ।

“राजीनामा बारे छलफल चलिरहेको छ । केही नेताहरु आउदै छन । एकैछिनमा के गर्ने फाइनल आउँछ ” उनले भनेकी छन् ।

मध्यराति ओली र भण्डारीको खेल : फेरि पुग्यो देश पुष ५ मा

मध्यरातमा आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिधिसभा विघठन गरेको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन गरी आगामि कार्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनावमा जाने घोषणा गरेकी हुन् ।

धारा ७६(७) मा भनिएको छ, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महीनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’

संविधानको धारा ७६(५) अनुसार समय सिमा भित्र प्रधामन्त्रीको लागि बुझाइएको दावीमा नेकमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापती शेरबहादुर देउवाको दुवैले पेश गरेको सांसदहरु एक अर्कामा दोहोरिएको तथा दलको निणर्य विपरित अर्को दलमा समर्थन गरेको मान्य नहुने भन्दै दुवै दावी नपुगेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी थिइन् ।

देउवालाई कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको समर्थन रहेको थियो । भने उता मेरो ९३ जना मात्र सांसद छन् भन्दै आएका ओलीले एमालेका २१२ , जसपा ३२ सांसदहरुको समर्थन भएको भन्दै प्रधानमन्त्रीको लागि दावी गरेका थिए ।