निषेधाज्ञामा अनुमति विना चल्ने दुई पांग्रेलाई २ हजार र चारपांग्रेलाई ५ हजार जरिवाना

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, ७ जेष्ठ ।

अब निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना तिर्नुपर्ने भएको छ । अनुमति विना वा सुरक्षाकर्मीलाई जानकारी नदिइ वा बिरामी ओसारपसार गर्ने बाहेक सवारीसाधन चलाए जरिबाना तिराउने गरी सरकारले नियेम ल्याएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ (ग) मा भनिएको छ, ‘अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ जरिवना हुने ।

सुरक्षाकर्मीले ती सवारीसाधनलाई निश्चित समय नियन्त्रणमा लिनसक्ने पनि भनिएको छ । मास्क नलगाइ सार्वजनिक स्थलमा हिड्डुल गर्नलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ जरिबाना तिराउन सक्ने पनि व्यवस्था गरिएको छ ।

मानिसको हिंड्डुल रोक लगाइएको अवस्थामा उल्लंघन गर्नेलाई भने दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

यो भन्दा पहिले ट्राफिक प्रहरीले बाटोमा हिड्ने बटुवा तथा विभिन्न सवारी साधनलाई विभिन्न प्रकारका जरिवाना गर्दै आएको थियो । यसको विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले त्यसरी जरिवाना वा होल्ड नगराउन आदेश दिएको थियो । यसले गर्दा कानुन उल्लंघन भएको अदालतको भनाइ थियो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]