म सरकार चलाउन सक्दिनँ, दिक्क भइसकेँ : प्रधानमन्त्री

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, ७ जेष्ठ ।

प्रधानमन्त्री केपी ओलीले आफू सरकार चलाउन दिक्क भइसकेको बताएका छन् । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आफूले थप सरकार चलाउन नसक्ने बताएका छन् ।

सरकार चलाउन नसक्ने भएकै कारण आफूले विश्वासको मत लिने प्रक्रियामा नगएको बताए । विरोधैविरोधका बीच आफूले सरकार चलाउन नसक्ने भन्दै वैकल्पिक सरकार लिएर आउन विपक्षी गठबन्धनलाई आग्रह गरे । घेराबन्दी गरेर सरकार असफल बनाउने अनि दोषजति मेरो टाउको हाल्ने काम नगर्न विपक्षी गठबन्धनलाई आग्रह गरे ।

दलहरुलाई दिइएको समयसीमा घर्किदै, अब को बन्ला त प्रधानमन्त्री ?

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन गर्न दिएको समय आज ५ बजे सकिदैछ ।

अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत नलिई राष्ट्रपति भण्डारीलाई ७६ को उपधारा ५ बमोजिम सरकार गठनको आब्हान गर्न लगाए । ७६ को ५ मा प्रतिनिधि सभाको कुनै पनि सदस्यले आफूसँग बहुमत सांसदहरुको समर्थन रहेको आधार प्रष्ट पारेर राष्ट्रपति समक्ष दावी गरे प्रधानमन्त्रीमा नियुक्त हुने प्रावधान छ ।

नेपाली कांग्रेस, माओवादी लगायत राजनीतिक दलहरुले राष्ट्रपति भण्डारीले दिएको समयसीमा निकै धोरै भएको र प्रधानमन्त्री ओलीको मिलेमतोमा राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको बताएका छन् । अल्पमतको प्रधानमन्त्रीले राजनीनामा नदिएको अवस्थामा धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको आब्हान गर्नु राष्ट्रपतिको गलत कदम भएको राजनीतिक दल र कानूनविदहरुको ठहर छ। जे भएपनि राजनीतिक दलहरु नयाँ सरकार गठनका लागि तीव्र छलफलमा छन् । उनीहरु सबै विकल्पमा छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री ओली पनि भरिसक्य विपक्षीलाइ रोकेर आफैँ सत्ताामा रहिरहने प्रयास गरिरहेका छन् । उनले मधेश केन्द्रित दलका माग समाधानका नाममा संविधान संशोधनका लागि कार्यदल बनाएका छन् भने नागरिकता सम्बन्धि अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएर राष्ट्रपति कहाँ पठाएका छन् यो जारी हुन बाँकी छ । यो समाचार तयार पार्दासम्म दलहरुबीच सहमति भने बन्न सकेको छैन।