सुनको मूल्य बढ्दा, चाँदीको मूल्य घट्यो, कति पुग्यो प्रति तोला ? हेर्नुहोस्

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, ६ जेष्ठ ।

साताको पाँचौ दिन बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ४ सय रुपैयाँ बृद्धि भई ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ।

बुधबार सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै सोही परिमाणको तेजावी सुन ९३ हजार २ सय रुपैयाँ कायम छ।

बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य एक हजार ३ सय ६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

आज प्रभु इन्स्योरेन्स कम्पनीको साधारण सभा हुँदै

प्रभु इन्स्योरेन्स कम्पनीको साधारण सभा बिहीवार हुँदैछ।

कम्पनीले सभा प्रभु कम्प्लेक्स तिनुकनेमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ। सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै सभाले कम्पनीको प्रबन्धपत्रमा सामुहिक लगानी कोष सञ्चालन गर्ने उद्येश्य थप गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। उक्त कम्पनीको लाभांश गत वैशाख २५ गतेसम्म काययम शेयरधनीले पाउने छन्।