प्रधानमन्त्री ओलीले ‘धम्की’ दिएको भन्दै कारबाही गर्न प्रचण्डको माग

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ जेठ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

बुधबार साँझ विज्ञप्ति निकाल्दै प्रचण्डले आचारसंहिता उल्लंघन लगाएका छन् । राष्ट्रियसभा उपनिर्वाचनमा ओलीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाही गर्न आयोगलाई आग्रह गरेका हुन् ।

“यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ?” विज्ञप्तिमा भनिएको छ ।

ओलीले राष्ट्रिय सभा सदस्य उम्मेदवार रामबहादुर थापा बादललाइ भोट नलगाएका मतदातालाई कारबाही गर्ने चेतावनी दिएका थिए।

ओलीले बादललाई विजयी गराउन ‘धम्की’ दिएपछि नेपाल समूहले उल्टै दिए पार्टी फुटाउने ‘धम्की’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ। ओलीले राष्ट्रिय सभा सदस्य उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन भन्दै गरेको अपिलमा प्रयोग गरिएको शब्दप्रति माधव समूहले आपत्ति जनाएको हो ।

ओलीको यस्तो अभिव्यक्तिले पार्टी एकता कामय गर्न नसक्ने नेपाल समूहको धारणा छ । स्रोतका अनुसार नेपाल समूह पार्टी एकता गर्ने सम्भावना न्युन छ । ओलीले उधारो सहमति गरेको भन्दै यस्तै प्रवृति कायम भएको खण्डमा पार्टी एक नहुने नेपाल समूहको धारणा छ ।