बादललाई जिताउन ओलीको अपिल र राप्रपाका मतदातालाई निर्देशन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ५ जेठ ।

राष्ट्रियसभाको भोलि हुन लागेको बाग्मति तर्फको उपचुनावमा एमाले तर्फका उम्मेदवार गृहमन्त्री रामवहादुर थापा (बादल)लाई जिताउन प्रधानमन्त्री केपी ओलीले अपिल गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार मतदाताका नाममा एक अपिल जारी गदै त्यस्तो आह्रवान गरेका हुन् । ओलीले पार्टीको माधव नेपाल समुहतर्फ लक्षित गदै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय पार्टीमा कल्पना बाहिरको कुरा भएको भन्दै यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै नसक्ने बताएका छन् ।

ओलीले पार्टीको उम्मेदवार बादल भएको भन्दै एकतावद्द भएर निर्वाचनमा उनलाई जिताउन ओलीले आग्रह गरेका हुन् । ‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीको उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ,’ प्रधानमन्त्र ओलीले हस्ताक्षर गरको पत्रमा भनिएको छ, ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने छ । तसर्थ, यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि बिहीबार हुने उप निर्वाचनमा सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार तथा गृह मन्त्री रामबहादुर थापालाई मतदान गर्न निर्देशन गरेको छ ।

बागमती प्रदेशको राष्ट्रियसभा सदस्यमा रिक्त रहेको एक सिटका लागि भोलि उप निर्वाचन हुने भएको हो । यसका लागि एमालेले नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका बादललाई उम्मेदवार बनाएको हो ।

निर्वाचन नजिकिँदै गर्दा राप्रपाले एमालले आफ्नो पक्षको उम्मेदवार बादललाई मतदान गर्न आग्रह भएकाले मत दिने जनाएको छ । पार्टीका केन्द्रीय सचिवालय प्रमुखहरू भास्कर भद्रा र ध्रुब बहादुर प्रधानले हस्ताक्ष गरेको पत्रमा भनिएको छ, ‘नेकपा एमालेका उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लािर्ग एमालेको अनुरोधसहितको पत्र प्राप्त भएको छ । जसले गर्दा सोही निर्णय गरेको छ ।’

यसअघि राप्रपाका तीन जना अध्यक्षहरूले उप निर्वाचनका लागि एमालेका उम्मेदवार बादललाई मतदान गर्ने समझदारी गरेको थियो ।

यस्तै, बादलको विपक्षीमा प्रदेश ३ को राजधानी हेटौंडामा हुने उप निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेका नेता माधवकुमार नेपालको गठबन्धनमा कलम चिह्नमा डा खिमलाल देवकोटा उम्मेदवार भएका छन् । यसैगरी, जनमोर्चाले आफ्नै उम्मेदवार उठाएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]