६ बर्ष अघि मृत्यु भएको जीवनको, १२ बजे राति चिहान खनेर हेर्न किन पुगे आफन्त ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

रातको १२ बजे चिहान खनेर हेर्दा जिउदै भेटिएको कुरा सुन्दा बिश्वास लाग्छ? हो बिश्वास नलाग्न सक्छ तर मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने यस्तै खालको घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ । गाउमा एकपछी अर्का मानिस बिरामी पर्दै मुर्छा पर्न थालेपछी झाक्रीले चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।

घटनाको सम्पुर्ण बास्तबिकता र नालीबेली सबै गाउलेहरुले बताएका छन । एकजना दिदिको भनाइ अनुसार आत्मा गाउलेमा पसेर टाउको फनफनी घुमाने र खुट्टा फनक्कै बटारिदिने र सुन्नै नसकिने क्रियाकलाप गर्ने बताइन ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]