कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या ५४११ पुग्यो, आज कतिले गुमाए ज्यान ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ५ जेठ ।

पछिल्लो २४ घण्टामा देशभर थप १९६ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा संक्रमित मृतकको संख्या ५ हजार ४११ पुगेको छ ।

पछिल्लो समय नेपालमा संक्रमितको मृत्युदर बढेको छ । नेपालमा संक्रमितको मृत्युदर अहिले १.५ प्रतिशत रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ पीसीआर र ६९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार २०३ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ८९१ हजार जना संक्रमणमुक्त भएका छन् भने १९६ संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिले १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७६ हजार २१ पुगेको छ । जसमध्ये ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् भने ५ हजार ४११ जनाको मृत्यु भएको छ ।