तस्बिरमा हेर्नुहोस् ‘काउलीबुढी’का ग्ल्यामर लुक्स (हेर्नुस् तस्विरहरु)

हाम्रो सन्देश संवाददाता

चर्चित हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा बास्ताविक नामभन्दा पनि ‘काउली बुढी’ नामले चर्चित छिन् । उनी सामाजिक सञ्जालमा निकै क्रियाशील हुन्छिन् । इन्स्टाग्राममा उनको फलोअर ११ हजार बढी छन् भने फेसबुकमा ८५ हजार बढी फ्यान फ्लाइङ छ ।

सन्ध्याको लोकप्रियता लोभलाग्दो छ, उनी गायिका साथसाथै कुशल कार्यक्रम प्रस्तोता पनि हुन् । वास्तविक नाम भन्दा उपनामले धेरै चिनिने कलाकार सन्ध्या नेपाल आइडल सिजन २ मा सहभागी भएपछि चर्चाको शिखरमा पुगेकी थिइन् ।

चर्चित गायन रियालिटी शो नेपाल आइडलको सिजन २ मा टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी थिइन् । तर जहाँबाट उनी धेरैको मनमुटुमा बस्न सफल भइन् ।

नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । सन्ध्याले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा कमाउन धेरै समय नलाग्ने पनि प्रामणित गरिन् । सुर्खेतकी ‘काउली बुढी’ चर्चित लोक गायिका पनि हुन् । उनको आवाजमा दर्जनाै लोकदोहोरी गीत छन् । केही गीतमा आफैँले अभिनय समेत गरेकी छिन्।

‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’ , ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिएकी सन्ध्या चर्चित कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी थिइन् ।

कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छिन्। यसका साथसाथै बिभिन्न सरियलहरूमा पनि उनले अभिनय कला देखाइसकेकी छन् ।