निरन्तर उकालो लाग्दै सुनको मूल्य, कति पुग्यो प्रति तोला ? हेर्नुहोस्

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ जेठ ।

नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । सोमबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेको हो । यसअघि आइतबार सुनको मूल्य तोलामा ९ सय रुपैयाले बढेको थियो ।

सोमबार तोलाको ९२ हजार ८ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेर तोलाको ९३ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै,आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ९० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]