मासिक किस्ता ३२ हजार मात्रा ७८५ बाटै किन्न सकिन्छ हुन्डाई क्रेटा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ जेठ ।

हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी क्रेटा मासिक ३२ हजार ७८५ रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सकिन्छ । यो मासिक किस्ता क्रेटाको डिजेल इन्जिन भएको इ भेरियन्टको आधारमा निकालिएको हो ।

हुन्डाईले अहिले आउँदै गरेको नयाँ वर्ष २०७८ को अवसर पारेर स्कीम सार्वजनिक गरेको छ । यो स्कीममा ग्राहकले पाउने छुट रकमलाई मिलाएर यो मासिक किस्ता निकालिएको हो ।

हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इ भेरियन्टको डिजेल क्रेटाको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।

अहिले चलिरहेको अफर अनुसार क्रेटाको खरिदमा ग्राहकले १ लाख ३० हजार नगद छुट र स्क्र्याच कार्ड मार्फत न्यूनतम २० हजारदेखि ७८ हजार रुपैयाँसम्म जित्न सक्ने छन् । यसमा रहेको न्यूनतम २० हजार थप नगद छुट पाउँदा कुल १ लाख ५० हजार रुपैयाँ छुट हुने छ ।

अहिले बजारमा अटो लोन निकै कम व्याजदरमा उपलब्ध रहेको छ । अधिकांश ठूला बैंकले ७ प्रतिशत हाराहारीमा कर्जा दिइरहेका छन् । हामीले यहाँ नविल बैंकले अफर गरेको ६.९९ प्रतिशत व्याजदरलाई आधार मानेर मासिक किस्ता निकालेका छौं ।

बैंकले दिइरहेको व्याजदर अनुसार गाडीको मूल्यको ५० प्रतिशत रकम कर्जा सुविधा पाउन सकिन्छ । गाडीको मूल्यको ५० प्रतिशतले हुन आउने रकम २१ लाख ७३ हजार रुपैयाँ ७ वर्षको लागि कर्जा सुविधा लिँदा मासिक ३२ हजार ७८५ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

यस्ता छन् उपलब्ध सबै भेरियन्ट र मूल्य

डिजेल इन्जिन भएको इ भेरियन्टभन्दा माथि इ लोडेड रहेको छ । यसको मूल्य ४५ लाख ५६ हजार रुपैयाँ रहेको छ । पेट्रोल इन्जिन भएको इ भेरियन्टको मूल्य ४७ लाख ५६ हजार, इ लोडेडको ४७ लाख ९६ हजार र एस भेरियन्टको ५३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले डिजेल इन्जिन भएको एस भेरियन्टको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ भने पेट्रोल इन्जिन एसएक्सको मूल्य ६१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

क्रेटाको सबैभन्दा महंगो भेरियन्ट एसएक्स सिभिटीको मूल्य ६७ लाख ९६ हजार रुपैयाँ रहेको छ भने एसएक्स (अप्सनल) सिभीटीको मूल्य ७४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]