धनकुटामा तीन दिनदेखि सर्प जुधेको जुध्यै (भिडियो)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ जेठ ।

धनकुटामा दुई वटा सर्प तीन दिनदेखि जुधिरहेका छन् । बिरलै देखिने सर्प जुधाईको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

धनकुटा नगरपालिका-६ फोकल्याण्ड टापु दक्षिणकाली जाने बाटो नजिकै दुई वटा ठुल्ठूला सर्प आपसमा जुधिरहेका छन् ।

भिडियोमा सर्प आपसमा बेरिने, टाउको उठाउने,लठारिने र घिस्रिने र नाच्ने गरिरहेको देख्न सकिन्छ ।

स्थानीयका अनुसार सर्प तीन दिनदेखि निरन्तर जुधिरहेको छ । बस्ती नजिकै सर्प जुधेपछि स्थानीय त्रसित छन् । कोरोना महामारीमा पनि सर्प जुधेको हेर्न स्थानीयको भीड लागेको छ ।

त्रिभुवन विमानस्थलबाट आज १४ अन्तर्राष्ट्रिय उडान हुँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार १४ अन्तर्राष्ट्रिय उडान हुँदै छन् । नेपाल एयरलाइन्सका ३ चार्टर बिमानले साउदी अरेबिया, दमाम र चिनको बेइजिङका लागी उडान अनुमती लिएका छन् ।

नेपाल एयरलाइन्सको चार्टर कार्गो बिमान मध्यान्ह बेइजिङबाट काठमाडौं आउँदै छ । हिमालय एयरलाइन्सको एक कार्गो बिमान चिनको कुन्मिङबाट विहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । हिमालय एयरलाइन्सका अरु ५ चार्टर बिमानले मंगलबार उडान भर्ने अनुमती पाएका छन् ।

रसियन एयरलाइन्सको चार्टर विमानले मस्कोबाट काठमाडौं आउने अनुमती पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]