त्रिभुवन विमानस्थलबाट आज १४ अन्तर्राष्ट्रिय उडान हुँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ जेठ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार १४ अन्तर्राष्ट्रिय उडान हुँदै छन् । नेपाल एयरलाइन्सका ३ चार्टर बिमानले साउदी अरेबिया, दमाम र चिनको बेइजिङका लागी उडान अनुमती लिएका छन् ।

नेपाल एयरलाइन्सको चार्टर कार्गो बिमान मध्यान्ह बेइजिङबाट काठमाडौं आउँदै छ । हिमालय एयरलाइन्सको एक कार्गो बिमान चिनको कुन्मिङबाट विहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । हिमालय एयरलाइन्सका अरु ५ चार्टर बिमानले मंगलबार उडान भर्ने अनुमती पाएका छन् ।

रसियन एयरलाइन्सको चार्टर विमानले मस्कोबाट काठमाडौं आउने अनुमती पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

महन्थ–उपेन्द्रबीच सहमति, मौका पाए जसपाकै नेतृत्वमा सरकार बनाउने

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने सहमति भएको छ । बरु दुई नेताबीच आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको छ ।
पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क वितर्क एवम् अड्कलबाजी भइरहेको बेला दुई नेताबीच भएको छलफलबाट पार्टी तत्काल सरकारमा सहभागी नहुने सहमति बनाएको हो । दुई अध्यक्षद्वारा जारी विज्ञप्तिमा पार्टी प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा पछि नहट्ने दुई नेताबीच सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको र विश्वासको मत सम्बन्धी प्रस्तावलाई फेल गराएर जसपा नेपालकै नेतृत्वमा बहुमतको सरकार बनाउन अघि सर्नुपर्ने अध्यक्ष यादवको प्रस्तावमा ठाकुर सहमत बनेको बताइएको छ ।

जसपा नेपालको नेतृत्वमा सरकार बनाउन पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले पहल गर्ने प्रस्ताव पनि अध्यक्ष यादवको थियो । तर, यी प्रस्तावप्रति अध्यक्ष ठाकुर सन्तुष्ट नरहेको स्रोतले रातोपाटीलाई बतायो ।
माओवादी केन्द्र र काँग्रेस कुनै पनि हालतमा जसपा नेपालको नेतृत्वलाई स्वीकार गर्दैनन् भन्दै ठाकुरले यादवलाई ‘यसअघि पनि कुराकानी भएकै हो तर उहाँहरु (माओवादी केन्द्र र काँग्रेस)ले चासो देखाउनु भएन’ भन्ने जवाफ दिएका थिए ।
दुई नेताबीचको छलफलपछि अध्यक्ष ठाकुरलाई भेटेका जसपा नेपालका एक सांसदले भने, ‘महन्थ ठाकुरले उपेन्द्रजीको प्रस्ताव स्वीकार पनि गर्नुभएको छैन, अस्वीकार पनि गर्नुभएको छैन ।’ उनका अनुसार ठाकुरले ‘ठिक छ, पहल गर्नु राम्रो हो तर मलाई लाग्दैन कि काँग्रेस र माओवादी केन्द्र यसमा सहमत हुन्छन्’ भनेका थिए ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]