अस्पताल भर्ना भएका शिवहरि पौडेलको अवस्था कस्तो छ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ जेठ ।

वरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौड्यालको स्वास्थ्य अवस्था सामान्य रहेको कलाकार, निर्माता तथा निर्देशक दिपक राज गिरीले बताएका छन्। अस्पताल भर्ना भएका पौड्याललाई भेन्टिलेटरमा राखिएको भनेर खबर सार्वजनिक भइरहँदा गिरीले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन्।

‘मैले हिजो साँझ उहाँसँग नै कुरा गरेको थिए। सास फेर्न गाह्रो भएर आइसियूमा अक्सिजन लगाएको बताउनु भएको थियो, बाहिर खबर आएजस्तो भेन्टिलेटरमा राखिएको हैन,’ गिरीले भने, ‘उहाँलाई खोकी पहिलादेखि नै थियो। स्वास्थ्य सामान्यभन्दा अलि माथि गएको हो। भेन्टिलेटरमा राखेको हैन।’

केहीदिन अगाडि कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको पौड्याल नैकापस्थित एपीएफ अस्पताल भर्ना भएका थिए।

कोरोनाले एकैदिन २१४ जनाको मृत्यु, अब आगामी कदम यस्तो हुने सङ्केत

देशभर कोरोना संक्रमणका कारण एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कूल संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २२ हजार ८७ जनाको परीक्षण गर्दा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ।

२१ हजार ६ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार १ सय ९८ र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। अब सक्रिय संक्रमित १ लाख १३ हजार ४ सय ८० पुगेका छन्। जसमध्ये १ लाख ६ हजार ५ सय १० जना होम आइसोलेसनमा छन् भने ६ हजार ९ सय ७० जना संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार १ हजार २ सय ५९ जना आइसियु र ४ सय जना भेन्टिलेटरमा उपचाररत छन्। गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो केही दिनयता संक्रमण र मृत्युदर घट्दै गएकोमा परीक्षण थोरै बढाउने वित्तिकै संक्रमण र मृत्युदर दुवै उकालो लागेको हो। गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन्।

कोरोनाभाइरसबाट सङ्क्रमित र मृत्यु हुने व्यक्तिको सङ्ख्या बढिरहँदा नेपालमा “जनस्वास्थ्य विपद्‌” अवस्था घोषणा गर्नुपर्नेबारे बेलाबेला चर्चा हुने गरेको छ। एकथरीले त्यो घोषणा गरिए कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामको दिशामा सरकारले चालेका वा चाल्ने कदम प्रभावकारी हुने बताउने गरेका छन् भने अर्कोथरीले त्यसको आवश्यकता नरहेको तर्क गर्ने गरेका छन्।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]