संक्रमणको दोस्रो लहर: मृतकको संख्या ५ हजार नाघ्याे

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ जेठ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको हो।

नेपालमा कोरोना संक्रमितमध्ये १.८ प्रतिशतको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृत्युदर उच्च देखिएको छ । हालसम्म एकै दिन २२५ जनासम्मको मृत्यु भएको छ । पछिल्लो एक साता मृतक संख्या तीन अंकमा रह्यो ।

वैशाख २६ गते ८८ जना, वैशाख २७ गते १३९, वैशाख २८ गते २२५ जना, वैशाख २९ गते १६८ जना, वैशाख ३० गते २१४ जना, वैशाख ३१ गते २०३ जना, जेठ १ गते १८७ जना र जेठ २ गते १४५ जनाको मृत्यु भएको हो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]