कमल थापालाई प्रधानमन्त्री ओलीको फोन, के भयो कुराकानी ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई फोन गरेका छन् । ओलीले फोन मार्फत राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले उम्दवारलाई भोट मागेको बताइएको छ ।

प्रधानमन्त्रीले आज फोन गरेर राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन आग्रह गरेका हुन् ।

राप्रपाले एमालेले आग्रह गरे आफूहरु बादललाई भोट दिन तयार रहेको बताएको थियो। राष्ट्रियसभाको उपनिर्वाचन जेठ ६ गतेका लागि तय भएको छ ।

ओली नेपालको भेटवार्ता हुनु केही अगाडी सूर्य थापाले यस्तो लेखे

पार्टीभित्रको विवाद समाधानका लागि एमाले अध्यक्ष केपी शार्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ता हुँदैछ । ओली नेपालबीच वान टु वान वार्ता सुरु हुनु केही समय अगाडी मात्रै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ३ वर्ष पछाडि फर्किन नसकिने बताएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत ३ वर्ष पछाडि फर्कने कुरा सम्भव नहुने बताएका हुन् ।

थापाले पछाडि फर्कनु प्रतिगमन हुने सुझाव आएको उल्लेख गरेका छन। ‘तीन वर्ष बित्यो। प्राप्त सुझाव, पछाडि फर्कनु प्रतिगमन हुन्छ,’ उनले भनेका छन्।