यसरी थाहा पाउनुहोस् ! कोरोना भाइरस सङ्क्रमणको सुरुवाती लक्षण

हाम्रो सन्देश संवाददाता

बिबिसी ।

नेपालमा पछिल्ला दिनहरूमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढ्ने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अस्पतालहरू खचाखच छन् भने होम आइसोलेशनमा नै बसेर उपचार गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ।

तर सङ्क्रमितहरूमा देखिएका लक्षणका आधारमा सामान्य वा जटिल कोरोनाभाइरसको सङ्क्रमण भए नभएको यकिन गर्न भने कठिन रहेको सङ्क्रमितहरू बताउँछन्।

सुरुवाती लक्षणहरु सामान्य भए पनि ज्योरो मान्द आएपनि तपाईलाई यो जटिलतामा पर्नुहुन्छ कि तपाईलाई सम्भावना हुन्छ कि कोभिड या निमोनिया जान सक्नुहुन्छ ।

जसका कारण स्वयम् सङ्क्रमित तथा उनीहरूका परिवारका सदस्यहरू त्रास तथा तनावबाट गुज्रिएको बताइन्छ। सुरुवाती लक्षणबाट नै आफूलाई जटिल वा सामान्य कोभिड छ भनेर पहिल्याउनका लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डा‌. ओममूर्ति अनिलले केही उपाय सुझाएका छन्।