एमाले काभ्रेको निर्देशन– राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई भोट हाल्नू

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ जेठ ।

नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीले यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई भोट हाल्न निर्देशन दिएको छ ।

जिल्ला अध्यक्ष अशोककुमार ब्याञ्जुले एक विज्ञप्ति जारी गरेर पार्टीको उमेदवार बादललाई जिताउन प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुखहरूलाई निर्देशन दिएको हुन् ।

“नेकपा एमालेको आधिकारिक उमेदवार रामबहादुर थापा बादलबाहेक अन्य उमेदवार छैनन्,” जिल्ला अध्यक्ष ब्याञ्जुले भनेका छन्, “कथित प्रचारबाजीको भ्रममा नपरी पार्टीका उमेदवार बादललाई सूर्य चिह्नमा मतदान गरी विजय गराउन काभ्रे जिल्लाका सबै प्रदेशसभा सदस्य नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरू अनुरोध गर्छु ।

निषेधाज्ञा उल्लंघन र प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ

निषेधाज्ञाको उल्लंघन गर्ने तथा प्रहरीमाथि अभद्र व्यवहार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञा उल्लंघन गरेर पसल खोल्ने, अनावश्यक हिडडुल गर्ने, आवतजावतमा रोक लगाउने लगायतका गतिविधिमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० का २६ वर्षीय साहेव शेख, वीरगञ्ज–१३ का ३० वर्षीय असरफ राइन, पर्साका पोखरिया नगरपालिका–३ का १९ वर्षीय हनिफ हुसेन, पर्साकै विन्दबासिनी गाउँपालिका–४ का ३० वर्षीय भोला प्रसाद साह र भारत बिहारका मुन्ना साह रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर संक्रामक रोग ऐन २०२० अनुसार कसूर गरेको अभियोगमा पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताए ।
पाँचै जनामाथि थप अनुसन्धान तथा कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढेको उनको भनाइ छ।

उनीहरूले वीरगञ्ज महानगरका विभिन्न स्थानमा खटिएका पिकेट, मोबाइल तथा मोटरसाइकलका गस्ती टोलीमाथि समेत अभद्र व्यवहार गरेका थिए।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]