काठमाडौं, ३१ बैसाख ।
पत्रकार ऋषि धमला देखिदा जति ठट्यौलि शैलिका छन् उत्तिनै भावनात्मक पनि छन् । पछिल्लो एक अन्तर्वार्तामा उनी धुरुधुरु रोएको भिडियोले पनि के देखाउँछ भने धमाला निकै सेन्टिमेन्टल छन् । प्राइम टेलिभिजनबाट प्रसारण हुने ‘जनता जान्न चाहान्छन्’ कार्यक्रमका संचालक धमलाकोरोना संक्रमितको उपचारकालागि अक्सिजन र बेडको अभाव भएको भन्दै रोए । उनी बोलिरहदा स्वर भाँसिएको थियो ।
उनी निकै भावविह्ल अवस्थामा देखिएका थिए । धमलाले सरकारलाई कोरोना संक्रमितको उपचारमा विशेष पहल गर्न पनि आग्रह गरे । लाईभ कार्यक्रममै धमला रोएको यो पहिलो घट्ना हो । विगतमा भने उनी रिपोर्टस् क्लबमा निर्मलाको बुवा बोलिरहेको बेला रोएका थिए । नेपाली पत्रकारीता क्षेत्रको अत्याधिक रुचाईएका पात्र हुन्, धमला ।
‘लभ मि अर हेट् मि बट् यु क्यानट इग्नोर मि (माया गरेपनि नगरेपनि मलाई नजरअन्दाज नगर’ भनेजस्तै धमलालाई नजरअन्दाज गर्ने कोहि पनि छैन । उनको प्रस्तुतिलाई धेरैले मनपराउने गर्छन् । नेपाली जनताले उनलाई सधैँ लोकप्रिय ठान्छन् । उनले चलाउने हरेक कार्यक्रम युट्युबको ट्रेन्डिङ आउने गर्दछ । प्रश्न सोध्ने शैलि र धमलाको प्रस्तुतिलाई हरेकले रुचाइरहेका छन् । उनी नेपाली संचारमाध्यमको हटकेक नै हुन् ।
धमलाले राजनिति देखि मनोरञ्जनका हरेक अन्तर्वार्ता रोचक शैलिमा लिने गर्दछन् । नेपाली राजनितिमा पनि उनको पहुँच निकै बलियो छ । देशमा राजनैतिक उथलपुथल हुन खोज्दा उनी सम्बन्धित व्यक्तिको अन्तर्वार्ता लिन पुगिहाल्छन् । नेताहरु पनि उनैसँग अन्तर्वार्ता दिन रुचाउँछन् । प्रधानमन्त्री देखि कलाकारहरु र सर्वसाधरण आफ्नो आफ्नो आवाज सर्वत्र पुर्योउनकालागि धमलाकै माध्यम रोज्ने गर्दछन् । देशमा कुनै पनि विषयले चर्चा पायो भने धमला त्यस्को गहिराईमा पुग्न विशेष कार्यक्रम गरिहाल्छन् । त्यसैले त उनलाई जनताले पनि मनपराउँछन् ।