भारतमा कोरोना कहर– गंगा किनारामा गाडिएको अवस्थामा कयौं शव फेला

हाम्रो सन्देश संवाददाता

भारत, ३१ बैसाख ।

भारतको बिहार र यूपीमा गंगा नदीमा बगाइएका शवपछि अब गंगा किनाराको बगरमा ठूलो संख्यामा पुरिएको अवस्थामा शवहरु भेटिएका छन्।

कानपुर, उन्नाव र फतेहपुरमा सयौंको संख्यामा यस्तो शव फेला परेपछि स्थानीय स्तरमा चर्चा चलेको छ। प्रशासनले केहीले आफ्नो परम्परा अनुसार शव गाडेको बताइएको छ तर स्थानीयहरुले भने श्मशान घाटमा शवको धेरै संख्या र महँगीका कारण अन्तिम संस्कारको सट्टा मानिसहले बालुवामा शव पुरेर गइरहेका छन्।

बुधबार उन्नवस्थित गंगा नदीको किनारा केही घाटमा ठूलो संख्या कौवा र चील आकाशमा घुमेपछि मानिसहरु नदी किनारा पुगेका थिए। त्यहाँ पुगेर हेर्दा भयानक तस्वीर देखिएको थियो।

गंगा नदीको किनारामा कयौं शव बालुवामा पुरिएका थिए। त्यसमध्ये केही शव बाहिर देखिएका थिए र कुकुरले त्यसलाई लुछेर खाइरहेको देखिएको बीबीसीमा उल्लेख गरिएको छ।

केही शव निकै क्षत विक्षत अवस्थामा फेला परेका थिए किनकी बालुवामा शव धेरै पुरिएको थिएन। उन्नावको शुक्लागञ्जस्थित गंगा किनाराको कयौं घाट छन् जहाँ बालुवामा बनाइएको यस्तो कब्रस्थान बुधबार देखिएको थियो।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]