झापा क्षेत्र नं. ५ का सांसद केपी शर्मा ओली फेरी मूलकको प्रधानमन्त्री !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३१ बैसाख ।

झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । प्रतिनिधि सभामा अल्पमतमा परेसंगै प्रधानमन्त्री पदमुक्त भएपछि नयाँ प्रक्रिया अघि बढ्दा उनि मूलकको कार्यकारी प्रधानमन्त्री नियुक्त हुन लागेकाहुन् । २०७४ फागुन ३ उनि यसभन्दा अघि प्रधानमन्त्री नियुक्त भएकाथिए ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले दूइ वा दूई भन्दा बढि दलको सहमतिमा बहुमत सहित सरकारको दाबी गर्न दिएको समय सिमामा कसैले पनि दाबि नगरेपछि प्रतिनिधि सभाको सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतले ओली नै पुन प्रधानमन्त्री बन्ने भएकाहुन् ।

ओलीविरोधी गठबन्धनले प्रतिनिधि सभामा बहुमत सदस्य संख्याको हस्ताक्षर पुर्याएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारको नेतृत्वको दाबी प्रस्तुत गर्न कोशिस गरेर पनि त्यो सकेनन् । माओबादी केन्द्रको मुख्य समर्थनमा प्रधानमन्त्रीको दौडमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा रहेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को उपधारा २ बमोजिम तीन दिनभित्र दुई वा दुईभन्दा बढी दलको बहुमतप्राप्त सरकार गठनको आव्हान गरेको समय ३० वैशाखको साँझ ९ बजे अर्थात अहिले केहिबेर अघि सकिएको छ । अब राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी शुरु भएको छ ।

२०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित भएका थिए । त्यस्तै उनले वि.सं. २०५१ देखि २०५२ सम्म उनी गृहमन्त्री थिए । ०६४ देखि ०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए भने नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा पहिलोपटक केपी ओली प्रधानमन्त्री बनेका थिए ।

तत्कालीन नेकपा (माले)को संस्थापक मध्येका एक खड्गप्रसाद ओली २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका हुन् । २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए । सोही वर्ष उनी जेलसमेत परेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका पात्र हुन् ।