केपी शर्मा ओली पुन: प्रधानमन्त्री, आजै नियुक्ति हुने

हाम्रो सन्देश संवाददाता

पोखरा , ३० बैसाख ।

केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्ने भएका छन् । विपक्षमा रहेका कांग्रेस र माओवादी केन्द्रले सरकारको दावी नगर्ने भएपछि ओली पुनः प्रधानमन्त्री बन्ने भएका हुन् ।

काँग्रेस- माओवादी-जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् ।

गत सोमबार विश्वासको मत माग्दा ओलीले बहुमत पाउन सकेका थिएनन् ।

संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले उनी आजै प्रधानमन्त्रीमा नियुक्त हुन सक्ने बताइन्छ ।

उनले एक महिना अर्थात ३० दिनभित्र विश्वासको मत अर्थात संसदमा बहुमत सिद्ध गर्नुपर्नेछ ।

झाँक्रिको आक्रोश : प्रभु (भारत)को ईशारामा यो सबै हुँदैछ

नेकपा एमालेकी सांसद तथा नेतृ रामकुमारी झाँक्रिले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्तालाई लक्षित गर्दै ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुने बताएकी छिन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै भइरहेको बताएकी छिन्।

‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ,’ उनले लेखेकी छिन्, ‘ठोस प्रस्ताव विनाको संवादको अर्थ छैन।’

उनले जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि आफूहरुसँग एउटै विकल्प विद्रोह रहेको पनि औंल्याएकी छिन्। सांसद झाँक्रिले आफूहरुको आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्ने जनाउँदै सचेत बन्न आग्रह गरेकी छिन्।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]