अस्ट्रेलियामा दुई दिनको अन्तरालमा तिन नेपालीको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० बैसाख ।

दुई दिनको अन्तरालमा अस्ट्रेलियामा तीन जना नेपालीको ज्यान गएको छ। बिहिबार र शुक्रबारमा तीन जना नेपालीको अस्ट्रेलियामा डुबेर ज्यान गएको हो।ज्यान गुमाउनेहरुमा रूपेन तामाङ चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्ली रहेका छन्। तीनै जनाको डुबेर ज्यान गएको बताइएको छ।

रूपेनको सिड्नीबाट तीन सय किमी टाढा अरेन्ज सहरमा डुबेर बिहिबार ज्यान गएको थियो भने शुक्रबार सिड्नीको बेरोरा क्षेत्रमा विशाल र रोशनको शुक्रबार ज्या’न गएको हो।विशाल र रोशनको सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका बेला डुबेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ। सोहि क्रममा अर्का एक नेपाली समेत डुबेको बताइएको छ ।

यो पनि पढ्नुहोस्- निजी विद्यालयको सिन्डिकेटले अभिभावकहरु चरम आर्थिक शोषणमादेशभरका अधिकांश निजी विद्यालयले अभिभावकमाथि सिन्डिकेट लागू गर्दै आए पनि सरकारले ती विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउन आनाकानी गर्दै आएको छ । जसकारण अभिभावकहरु चरम आर्थिक शोषणमा परेका छन् ।

आजको राजधानी दैनिकमा प्रशान्त वलीले समाचार लेखेका छन् ।देशभर भन्डै ६ हजा निजी विद्यालय छन् । उनीहरुले शैक्षिक सामग्री लाइब्ररी ट्युसन फी प्राथमिक उपचार खेलकुद छात्रवृत्ति कोष कम्प्युटरलगायतका शीर्षकमा रकम असुल्दै आएका छन् । यस्तै स्काउट ट्रेनिङ स्पेसल ट्रेनिङ ट्युसन फीका नाममा मनपरी शुल्क लिने गरेका छन् संविधानले समेत कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क भनेको छ ।

ती विद्यालयले कमिसन खानका लागि आफूले भनेको पुस्तक पसलबाट मात्रै पुस्तक खरिद गर्न बाध्य पारेको अभिभावकहरुको गुनासो छ । यस्तै उनीहरुले अभिभावकर्ला बजारमाभन्दा दुई तिहाइ महँगो पेसाकसमेत किन्न बाध्य पारेको बताइएको छ ।