काठमाडौं ।
भारतको उत्तर प्रदेशस्थित रामपुरमा एक चिकित्सक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । केही दिनअघि उनको एक भिडियो भाइरल नै बनेको थियो ।
उक्त भिडियोमा उनले नर्सको कुटाइ खाएका थिए ।
एक पटक यो भिडियो हेर्नुहोस् :
#WATCH | A doctor and a nurse entered into a brawl at Rampur District Hospital yesterday.
City Magistrate Ramji Mishra says, "I have spoken to both of them. They say they were under stress and overburdened. We will probe this & speak to both of them."
(Note: Abusive language) pic.twitter.com/XJyoHv4yOh
— ANI UP (@ANINewsUP) April 27, 2021
नर्स र डाक्टरबीचको कुटाकुटको यो भिडियोनिकै चर्चामा रहेको थियो । भिडियो भाइरल भएपछि डिस्ट्रिक्ट मजिस्ट्रेटले चिकित्सकलाई बर्खास्त गरेका थिए ।
डा बीएम नागरको सरकारी निवासमा शव फेला परेको छ । प्रहरीका अनुसार डा नागरले आफ्नो ज्यानलाई खतरा रहेको बताएका थिए । र केहि समय पछि नै उनको शंकास्पद मृत्यु भएपछि घटनाले अर्कै मोड लियो ।
घटना यती मै सिमित रहेन प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि शव पोष्टमार्टमलाई पठाउने निर्णय गर्यो । तर डा नागरको परिवारका सदस्यले शवको पोस्टमोर्टम नगराउने बताए पछि घटनाले अर्कै मोड लिएको छ ।
यसरी पोस्टमार्टम नगरी शव लैजाने कुरा भएपछि विवाद उत्पन्न भएको छ । डा नागरलाई चिनीरोग र मुटुरोगको समस्या रहेको भन्दै परिवारले पोस्टमोर्टम नगरी शव लगेकाले प्रहरीले कारवाही अगाडि बढाउन पाएन् ।