राष्ट्रपतिले भोलि राति आफूलाई पुनः नियुक्त गर्नेमा प्रधानमन्त्री ढुक्क

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २९ वैशाख ।

केपी शर्मा ओली भोलि राति ९ बजेपछि आफूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः प्रधानमन्त्री नियुक्त गर्नुहुनेमा ढुक्क देखिनुभएको छ ।सोमबार संसदमा विश्वासको मत प्राप्त नभएपछि सोहि रात राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको सूचनामा संविधानको धारा ७६ (२) बमोजिम गठबन्धन सरकार गठनको लागि आह्वान गर्दै भोलि राति ९ बजेसम्मको समय दिइएको छ ।

विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसक्ने आँकलनमा ढुक्का हुनुभएका प्रधानमन्त्रीले पर्सि शुक्रबार बिहान ११ बजे ललितपुरको गोदावरीमा बन्दै गरेको तीन हजार सीट क्षमताको सनराइज सिटी हल(सम्मेलन केन्द्र) उद्घाटन गर्ने कार्यक्रमलाई यथावत राख्नुभएको छ ।

उक्त हलको निर्माण कार्य अझै बाँकी छ । तर,प्रधानमन्त्रीले निर्माणाधीन हलको आफ्नै हातले उद्घाटन गर्ने तयारी केही समयअघि नै गर्नुभएको हो ।यता,विश्वासको मत नपाएपछि स्वतः कामचलाउ सरकारको नेतृत्वको गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीलाई शीतल निवासले पनि आजसम्म कामचलाउ सरकार भनेको छैन । जनआस्था

पृथ्वीसुब्बा गुरुङले लिए मुख्यमन्त्रीको सपथ

पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा दोस्रो पटक सपथ लिएका छन् । राजीनामा दिएको डेढ सातापछि गुरुङ फेरि मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बिपक्षी दलले बहुमत पुर्याउन नसकेपछि पुनः मुख्यमन्त्री नियुक्त भएका गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ दिलाइन् ।

नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत (३१ सांसदको हस्ताक्षर) जुटाउन सकेका थिएनन् ।

आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्। प्रमुखले दिएको समयवधिभर बहुमतको सरकार बनाउन विपक्षी दलले कसरत गरेका थिए। तर जनमोर्चाका दुई सांसदले साथ नदिएपछि विपक्षीलाई धक्का पुगेको हो।

मुख्यमन्त्रीको सपथ लिएका गुरुङले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।