ऋषि धमलाले अपहरण गरेर पैसा माग्दा फसेपछि त्यो मुद्धा मैले नै मिलाई दिएको होःदिपक मनाङ्गे

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ बैशाख ।

गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गेले ऋषि धमलाबारे एउटा तथ्य सनसनीपूर्ण खुलासा गरेका छन । हप्ता दिन अघि मात्र मन्त्री बनेका दिपक मनाङ्गेले ऋषि धमलाले अपहरण गरेको र पैसा माग्दा फसेपछि आफुले त्यो मुद्धालाई मिलाई दिएको बताएका छन् ।

एउटा कुरो के छ भने, मलाई जति जना मान्छेले चिन्छ, उनिहरुले मेरोलागी जे पनि गर्न तयार छ । उनिहरुलाई थाहा छ की मैले यस्तो गर्दिन । अहिले पनि त ऋषि धमलाले ४,५ ओटामा चाहि गुण्डै-गुण्डा लेखेर पठाएको रहेछ (उनले भन्ने खोजेको ऋषि धमलाको मिडियाले आफु मन्त्री बनेपछि गुण्डाको शिर्षकमा बनाएको समाचारलाई भन्न खाजेको ) । अब हेर्नुस संगठन यस्तो चिज हो, त्यहा गुण्डागिरी भन्नु मिल्दैन ।

म पहिला तरुणदलमा थिए, तरुणदलको काम नै ढुङगा हान्ने त हो नि । नेवी संघको काम उनीहरुको कलेज पोलिटिक्स गर्छ । तरुणदलको काम उनिहरुलाई सपोर्ट गर्ने हो । त्यतिबेला २,४ वटा मुद्धा भयो, त्यो ढुङगा हानेको मुद्धा कुनै ठुलो कुरा होइन । तर ऋषि जिले चै हिजो लेख्नु भा रैछ । ऋषि धमलाले चै यस्तो लेख्नु भनेको चै उस्को बुद्धि धेरै छैन जस्तो लाग्यो मलाई, किनभने उनले मलाई राम्ररी चिन्छ ।

बरु उनको मुद्धा चै मैले मिलाई दिएको हो । उनले अपहरण गरेकै हो, अपहरण गरेर उनले पैसा मागेकै हो । त्यो मुद्धा बाट उनल छुट्यो भनेर कुनै ठुलो कुरा मान्नु पर्दैन । त्यो मुद्धा कसरी मील्यो भन्दा खेरी मैले नै मिलाइ दिएको हो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]