कोरोनाबाट ज्यान गुमाउने अहिलेसम्मकै उच्च, एकै दिन २२५ को मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ बैशाख ।

पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यति धेरै संख्यामा कोरोनाका कारण एकैदिन मृत्यु हुनेको संख्या यो पहिलो पटक हो। यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४०८४ पुगको छ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख १३ हजार १११ पुगेको छ।

यसैगरी उपत्यकामा ३ हजार ९२७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ७८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा संक्रमण पुष्टि हो।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ५९६ पीसीआर तथा ७२० एन्टिजेन परीक्षण भएको छ। गत २४ घण्टामा ५ हजार २२५ जना डिस्चार्ज भएका छन्।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]