कब्जियत हुन्छ? यसरी हटाउनुस् सजिलै

हाम्रो सन्देश संवाददाता

बिहान ट्वाइलेट बस्दा कति समय लाग्छ? कत्तिको गाह्रो हुन्छ? कत्तिको गन्ध आउँछ? ध्यान दिनुभएको छ?

यही बिहानीबाट हाम्रो दिनको सुरुवात हुन्छ। बिहान ठीक समयमा पेट सफा हुने गरी दिसा नहुनु नै कब्जियत हुनु हो। तर दैनिक दिसा भएर पनि दिसा खलाँस भएको महसुस नुहनु, पेट भारी हुनु पनि कब्जियत हो। यसलाई अर्को अर्थमा अपच पनि भनिन्छ।

कब्जियत भए नभएको थाहा पाउने कसरी?

१. शौच गर्दा लाग्ने समय हेरेर– बिहान दिसा बस्दा करिब ३ देखि ५ मिनेटमा गरी सक्नुपर्छ। अन्यथा अपच भनेर बुझ्नुपर्छ।

२. दिसाको प्रकारले– हामीले खाएको खाना सही तरिकाले पाचन भए दिसा सेलजस्तो बाँधिएको नरम आउँछ। यदि दिसा कडा वा पातलो भएमा कब्जियत भयो भनेर बुझ्नु पर्छ।

३. दिसाको गन्धले– दिसा बस्दा नाकले कति अप्ठ्यारो महशुस गर्छ? जति चर्को गन्ध त्यति कब्जियत हुन्छ।

४. मलद्वारमा कत्तिको च्यापच्याप लाग्छ हेरेर– दिसा गरिसकेपछि पखाल्दा मलद्वारमा जति च्यापच्याप लाग्छ त्यति नै भित्र फोहोर जम्मा भएको हुन्छ।

यसरी कब्जियत भए–नभएको, खाएको मिले–नमिलेको सजिलै थाहा पाउन सकिन्छ। यसका लागि कुनै अस्पताल या ल्याबमा गइरहनु पर्दैन। हाम्रो शरीर नै सबैभन्दा ठूलो ल्याब हो। खाएको मिले–नमिलेको देखिने पहिलो ठाउँ पनि शरीर नै हो। शरीरको यो सामान्य बोलीलाई मात्र ध्यान दिए हामी स्वस्थ रहन सक्छौं।

तसर्थ बिहान उठ्नेबित्तिकै करिब ३–५ मिनेटभित्र गन्धरहित, च्यापच्याप नलाग्ने, सेलजस्तो बाँधिएको मल निष्कासन भए कब्जियत छैन र खाएको राम्रोसँग पचेको छ भनेर बुझ्नुपर्छ।

कब्जियतका लक्षणहरूः

– कब्जियतको पहिलो लक्षण ठीक समयमा पेट सफा हुने गरी दिसा नहुनु हो।

– साधारणतया हामी दिसा कडा हुनु, दिसा २–४ दिनसम्म नहुनु र दिसा गर्न गाह्रो हुनुलाई मात्र कब्जियत भनेर बुझ्छौं। तर वास्तवमा दिसा बारम्बार हुनु, पातलो हुनु र दिनको तीन–चार पटक हुनु पनि कब्जियत हो।

– दिसा कडा र सुख्खा हुनु, दिनको २–४ पटक ट्वाइलेट जानुपर्ने हुनु। – गन्हाउने दिसा हुनु। – ग्यासको समस्या हुनु। – धेरैबेर ट्वाइलेटमा बस्नुपर्ने हुनु।

– पेट भारी हुनु, पेट फुल्नु, शरीर लोसे हुनु। – भोक नलाग्नु। – आलस्य, चिडचिडापन, अनिद्रा, थकान हुनु। – टाउको दुख्नु, वाकवाकी लाग्नु, छाती, घाँटी पोल्नु, आँखा पोल्नु। – काममा ध्यान नजानु, रिस उठ्नु।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]