एमालेको सरकार ढाल्ने माधवकुमार नेपाललाई देउवा निवासमा स्वागत गरिदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ बैशाख ।

नेकपा एमालेको सरकार ढाल्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने माधवकुमार नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार स्वागत गरिने भएको छ । तीन दलको बैठकमा एमालेको सरकार ढाल्न भूमिका खलेकोमा नेपाललाई धन्यवाद दिन र अब सांसद पदबाट राजिनामा दिन निमन्त्रणा गरिएको बुझिएको छ ।

देउवा निवासमा कांग्रेसका शीर्ष नेतासहित, माओवादी, जसपाका उपेन्द्र यादव समूहका नेता र माधवकुमार नेपाललाई एकै ठाउँमा राखोर हिजोको संसदको गतिबिधिको समिक्षा गर्ने तयारी गरिएको र नयाँ सरकार गठनका लागि गर्नुपर्ने काम अपनाउनुपर्ने रणनीतिबारे छलफलमा हुने बताइएको छ ।

देउवा निवासमा भारतका लागि कम्फर्टेबल सरकार बनाउने उद्घोष गर्नुहुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सभापति देउवा र नेपालका बीचमा मात्रै पनि छलफल हुने बताइएको छ । उहाँहरू एमाले अधयक्ष केपी शर्मा ओली विनाको बहुमतको सरकार गठन गर्ने भनेर लागि पर्नुभएको छ ।