ट्रकको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ बैशाख ।

मंगलबार बिहान ट्रकले ठक्कर दिंदा सप्तरीमा साइकलमा सवार पति-पत्नीको ज्यान गएको छ। ना. ६ ख ३८६१ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा सप्तरीको भारदह भलुवा निवासी ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया पत्नी सुनिता देवी मण्डलको मृत्यु भएको हो।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हुनमाननगर कंकालिनी नगरपालिका–१ स्थित सडक खण्डमा अनियन्त्रित भएर ट्रकले मण्डल दम्पति सवार साइकललाई ठक्कर दिएको थियो ।इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहका अनुसार ट्रकको ठक्करबाट मण्डल दम्पतिको घटनास्थलमै मृत्यु भएको हो ।

‘ट्रक द्रूत गतिमा रहेछ,’ सिंहले भने, ‘त्यही भएर आफ्नो साइड छाडेर अर्काेतिर गएर साइकललाई ठक्कर दिएको देखिन्छ ।’मृतक दम्पतिको शवलाई परीक्षणका लागि गजेन्द्रनारायण सिंह असपताल राजविराज पठाउने तयारी भइरहेको र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]