माधव नेपाललाई गल्ती सुधार्ने अन्तिम माैकाः पूर्वमन्त्री बाँस्कोटा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ बैशाख ।

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधवकुमार नेपालका लागि गल्ती सुधार्न अन्तिम माैका मिलेको बतानुभएको छ । सामाजिक सञ्जाल मार्फत छोटो टिप्पणी गर्दै उहँँले नेपालले सुर्धनका लागि अन्तिम माैका पाउनुभएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ ‘कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन त कोही कोही त।के जित्यौ? हेक्का राखे हुन्छ त्यस्ताले,माछाले हज्जारौ फुल चुपचाप पार्छ।माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ।कार्वाहीको हतारो किन गर्नु र?चीज आफै किल्लोर हुँदै गईहाल्छ नि भन्या !

टेकु अस्पतालमा कीट अभाव, पीसीआर परीक्षण बन्द

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षणमा आवश्यक एक्सपान्सन कीट अभाव भएको छ ।

कीट अभाव भएसँगै अस्पतालले पीसीआर परीक्षण बन्द गरेको छ।

अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार ‘एक्सपान्सन कीट’ सकिएपछि पीसीआर परीक्षण हाललाई रोकिएको हो ।

‘एक्सपान्सन कीट सकियो, त्यसलै हाललाई पीसीआर परीक्षण रोक्नुपर्ने भयो, अब कीट उपलब्ध भएपछि परीक्षण थालिनेछ,’ उनले भने ।

कोरोनाको उपचार हुने मुख्य सरकारी अस्पताल टेकुमा हाल दैनिक पाँच सयभन्दा बढी व्यक्तिको पीसीआर परीक्षण गर्दै आएको छ।