नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए २ बजे विपक्षी दलहरूको बैठक

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ बैशाख ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न आज (मंगलबार) विपक्षी दलहरूको बैठक राख्ने भएका छन्।

कांग्रेसका एक नेताका अनुसार राष्ट्रपतिले दिएको समयसीमाभित्र के कसरी नयाँ सरकार गठन गर्ने भन्ने विषयमा छलफल गर्न सभापति देउवाले आफ्नो पार्टीका शीर्ष नेतासहित नेकपा माओवादी केन्द्र, जसपालगायत दलका शीर्ष नेतालाई दिउँसो २ बजे आफ्नै निवास (बूढानीलकण्ठ) मा बोलाएका हुन्।

हिजो सोमबार संसदमा विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदबाट हटेका छन्। त्यसलगत्तै सोमबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिसकेकी छन्। त्यसका लागि यही वैशाख ३० गतेसम्मको समय दिइएको छ।

बामदेव गाैतम फेरि एमालेको विभाजनको पक्षमा, पहिले माधवविरूद्ध अहिले माधवसँगै

बामदेव गौतम फेरि पनि नेकपा एमाले विभाजनको पक्षमा देखिनुभएको छ । उहाँले सोमबार आफ्ना सहयोगी विश्वामणि सुवेदी मार्फत यस्तो सन्देश सार्वजिनक गर्नुभएको छ । गौतमको दुई वटा विषयमा धारणा प्रस्ट पार्नुभएको भन्दै माधव नेपाल समूहले पार्टी विभाजन गर्दा उतै लाग्ने बताउनुभएको छ ।

गौतमले माधव नेपालहरूले बनाएको समानान्तर कमिटीमा आफ्नो सहमति नरहे पनि पार्टी विभाजन गर्ने निर्णय गरे त्यसमा सहभागी हुने बताउनुभएको छ । गौतमको तर्फबाट सुवेदीले लेख्नुभएको छ ‘आज गरिएको परीक्षणबाट मेरो करोना ९कोभिड १९० को रिपोर्ट नेगेटिभ आएको छ । यही वैशाख १९ गते गरिएको स्वाब परीक्षणमा ममा कोरोना संक्रमण पुष्टि भएको थियो । यस बीचमा मेरो स्वास्थ्यलाभका लागि विभिन्न माध्यमबाट साथ सहयोग तथा शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक अभार तथा धन्यवाद व्यक्त गर्दछु ।’

गौतम तिनै व्यक्ति हुनुहुन्छ जसले २०५४ सालमा माधवकुमार नेपालको नेतृत्वको एमालेको विरूद्धमा पार्टी विभाजन गरेर नेकपा माले गठन गर्नुभएको थियो । विडम्बना २३ वर्षपछि बामदेव गौतम तिनै माधवकुमार नेपालसँग सहकार्य गरेर एमाले विभाजन गर्ने अवस्थामा पुग्नुभएको छ ।