दोलखास्थित भीमेश्वर शिलामा पसिना आए पछि भीमेश्वर मन्दिरका पुजारीले गरे यस्तो खुलाशा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ बैशाख ।

दोलखास्थित प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा आज शनिबार पसिना आएको छ ।मध्याह्न १२ः१५ बजेदेखि १ः३० बजेसम्म शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिएका छन् ।

भीमेश्वरलाई पसिना आउँदा देशमा अनिष्ठ वा शुभ हुन्छ भन्ने दुईथरी धार्मिक मान्यता रहेको विश्वास गरिन्छ । शिलाको टुप्पामा पानीको थोपा देखिँदै बग्नुलाई भीमेश्वलाई पसिना आएको भन्ने गरिन्छ ।अध्यक्ष श्रेष्ठका अनुसार आज शिलाको दायाँतिरबाट पसिना आएको हो ।

शिलाको दायाँबाट पसिना आउँदा राजपरिवार वा शासकवर्गमा अ’निष्ठ हुने र बायाँबाट पसिना आउँदा जनतामा अ’निष्ठ हुने विश्वास रही आएको छ ।मन्दिरका पुजारी काशीनाथ श्रेष्ठका अनुसार शिलामा पसिना आउने सङ्केत करिब तीन दिन अघिदेखि नै देखा परेको थियो ।

उनका अनुसार पसिना आउनुअघि शिलाको रङ नै परिवर्तन हुने गरेको छ । जसअनुसार पसिना आउने बेलामा शिलाको रङ कालो हुने उनी बताउँछन् ।‘म ठिक १२ बजे हुने पूजाका लागि तयारी गर्दै थिएँ । मन्दिरका गहनाहरू तथा अन्य सामानहरू मिलाएर भित्र गएँ ।

सरसफाइ गरेँ र पूजा गरेँ,’ पुजारी श्रेष्ठले भने, ‘पूजाकै क्रममा धुपबत्ती गर्दै थिएँ । दायाँतिरको शीरमा एक थोपा ‘पसिना’ देखेँ । तर, पसिना नै हो भन्नेमा म स्पष्ट हुन सकिनँ । केहीबेर हेरिरहेँ ।’हेर्दाहेर्दै केही बेरपछि ह्वा’र्रर पसिना आएको उनले बताए ।पसिना आएपछि उनले अरु पुजारीलाई खबर गरे ।

उनीहरूले पनि हेरे र पसिना नै भएको टुङ्गोमा पुगेपछि प्रमुख जिल्ला अधिकारी र अन्य अधिकारीहरूलाई खबर गरेको उनले बताए ।पसिना आएसँगै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र जिल्ला प्रहरी प्रमुखलगायत मन्दिरमा पुगेर पूजाआजा गरेका छन् ।साथै स्थानीय भक्तजनहरूको पनि मन्दिरमा ठूलो भी’ड लागेको थियो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]