बाजुरामा कोरोना संक्रमणबाट वडाध्यक्षको निधन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ बैशाख ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट बाजुरामा एक वडाध्यक्षको निधन भएको छ । जिल्लाको बडिमालिका नगरपालिका ९ का वडाध्यक्ष विनोद कुमार विकको निधन भएको हो ।

३५ वर्षीय विकलाई बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । उनलाई अक्सिजनसहित भ्यान्टिलेटरको आवस्यकता पर्ने भन्दै जिल्ला अस्पताल बाजुराले थप उपचारका लागि डडेल्धुरा रिफर गरेको थियो ।

उनी ०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । मृतक अध्यक्षका आफन्त राजेश विकका अनुसार विनोद एक हप्ता अघिदेखि बिरामी भएका र शनिबार बिहान उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

बाजुरा जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण हुनेको संख्या एक सय ५८ पुगेको छ भने अहिलेसम्म नयाँ भेरियन्टको कोरोना संक्रमणबाट दुईजनाको निधन भइसकेको छ ।