दोलखा भीमेश्वरको मूर्तिमा पसिना : मुलुकमा अनिष्ट हुने जनविश्वास, पसिना आउँदा के हुन्छ ?

हाम्रो सन्देश संवाददाता

दोलखा, २५ बैशाख ।

दोलखा भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएको छ । आज करिब डेढ घण्टा पसिना आएको हो । साढे १२ बजेदेखि पसिना पौने दुई बजेसम्म आइरहेको भीमेश्वर गुठी तथा मन्दिर व्यवस्थापनले जनाएको छ ।

भीमेश्वरमा पसिना आएपछि मुलुकमा कुनै न कुनै अनिष्ट हुने जनविश्वास छ । मूर्तिको दाँया पट्टीबाट पसिना आउँदा राष्ट्रप्रमुख, बाँया पट्टीबाट पसिना आउदा जनता र सबैतिर बाट पसिना आउदा मुलुकमा नै समस्या पर्ने भनाई छ ।

मूर्तिको दाँया र माथिल्लो भागमा एक थोपा पसिना आएको र पसिना बढ्दै गएर मूर्तिको सबैतिर फैलिएको पनि बताइएको छ ।

यसअघि २०७४ असोजमा भीमेश्वर नगरपालिका-२ स्थित भीमेश्वरको मन्दिरमको शिलामा दायाँ, बायाँ र बिचबाट एकै पटक पसिना आएको थियो ।

शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ ।

२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो ।

त्यसपछि भीमसेनको शिलामा आठ वर्षपछि फेरि पसिना आएको थियो । दोलखामा रहेको भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास रहँदै आएको छ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]