प्रतिनिधि सभाका १५ जना सांसद र चार मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ बैशाख ।

संघिय संसदका १५ जना सांसदलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य नेपाल सरकारका वहालवाला ४ जना मन्त्रिहरु कोरोना संक्रमित भएर होम आइसोलसनमा बसेका छन् । यस्तै उनीहरुसंग जोडिएका अन्य १५ जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकाल र खानेपानी मन्त्री मणि थापामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसबाहेक

२७ बैशाखका लागि डाकिएको संसदको विशेष अधिवेशनमा सहभागी हुनका लागि संघीय संसदले प्रतिनिधि सभाको १ सय ९५ जना सांसद सहित १ हजार १सय ३४ जनाको पीसीआर परीक्षण गरेको थियो ।

त्यसमध्ये अहिलेसम्म करीब ६ सय जनाको रिपोर्ट सार्वजनिक भएको हो । बुधबार र विहीबार गरी १ हजार १३४ जनाको पीसीआर परीक्षणका लागि स्वाव लिइएको थियो । त्यसमध्ये करीब ६ सय जनाको रिपोर्ट आइसकेको छ ।

त्यसमा १५ जना सांसद र १५ जना कर्मचारीको रिपोर्ट पोजेटिभ देखिएको छ । बाँकीको रिपोर्ट भने शुक्रबार दिउँसोसम्ममा प्राप्त हुने संघीय संसदका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए ।

हुन त कोरोनाले के बृद्ध के बालक उच्च पदस्थहरुलाई पनि छोडेको छैन । पूर्व राजादेखि पूर्व प्रधानमन्त्रीसम्म र मन्त्रीहरु पनि धमाधम संक्रमित भइरहेका छन् । कतिपय अस्पताल भर्ना भएका छन् भने कतिपय घरमै आइशोलेट भएर बसेका छन्।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]