यी चीज भुलेर पनि सँगसँगै नखानुस्, क्यान्सर समेत हुनसक्छ !

हाम्रो सन्देश संवाददाता

काठमाडौंः

खान नपाएर भन्दा खान नजानेर कुपोषणको शिकार हुने, विभिन्न रोगब्याधको शिकार हुने, मोटोपना, ज्यान जोखिम र मृत्युसमेत हुनसक्ने खतरा रहन्छ । त्यसमाथि हाम्रो आहारविबहारको शैली र खानेकुरा पनि स्वस्थ्यकर छैन ।

हामीले सुनेका छौँ, खानेकुराको मात्रा र धेरै खानेकुराहरु एकै चोटि खानाले बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आउने गरेको छ ।

खानेकुरा खानेमात्र भनेर हुँदैन । कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने जस्ता कुराहरुको सामान्य ज्ञान हुनु जरुरी छ । अन्यथा हामीले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ ।

यहाँ केही त्यस्ता खानेकुराको बारेमा उल्लेख गरिएको छ । जसलाई सँगसँगै खानुहुँदैन । दूधको साथमा घ्यु अन्डा, रुखकटहर, कोदाको ढिंडो र फापरको ढिडो खानु हुँदैन ।

दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन । दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिक मात्रा भएका फलहरु जस्तै खरवुजा, काँक्रो, टमाटर, भुँइकटर तरबुजा आदि कहिल्यै पनि खानुहुँदैन ।

माछा र सक्खर सँगै खानुु हुँदैन । दूधको साथमा बटर, काँचो केरा, आँप, जामुना, ओखर, नरिवल खानु हुदैन । परेवाको मासु, दूध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ । हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुँदैन ।

भटमास र दूध एकैसाथ खाएमा पत्थरी हुनसक्छ । करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ । मासुका परिकार धेरै बनाएको बेला मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ ।

मासुमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्व पनि पाइन्छन् । यी तत्वहरु हाम्रो शरीरका लागि अति आवश्यक तत्व हुन् ।

सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन । यदि तपाईं–हामीले राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा रहन्छ ।

आफैले घरमा मासु सफा तरिकाले पकाउने र सरसफाइमा विशेष ध्यान दिनु अवाश्यक छ ।

मासु किन्न जादाँ विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु किन्नुपर्छ । मासु खाएको बेलामा अधिकतम हरियो सागसब्जी पनि खानुलाई रामो मानिन्छ । मासु खानेबित्तिकै आइसक्रिम, दही, क्रिमका परिकार सकेसम्म खानु हुँदैन । सुरक्षित उपाय अपनाएर भण्डारण गरे–नगरेको आफैले निरीक्षण गरेर मात्र खाने गर्नुपर्छ ।

मासु खाँदा सकेसम्म सेतो मासु जस्तै कुखुरा या अन्य पंक्षीका मासु अनि माछा सेवन धेरै गरौं अनि पकाउँदा सकेसम्म थोरै तेल र मसला हालेर पकाउने गनुपर्छ ।

रक्सी त जुनसुकै बेलामा पिएपनि नराम्रै हो । स्वास्थ्यलाई नराम्रो असर गर्ने भएकोले यससँग टाढा हुनुपर्छ । दुध या दही अनि अन्य दुग्धजन्य पदार्थसंग पनि रक्सी खानु हुदैन । दुग्धजन्य पदार्थको पनि अत्याधिक सेवनले शरीरमा ट्रयाग्लिसाइडस लगायत कोलेस्टेरोल बढाउँदछ ।

ब्रान्डी, ह्वीस्की, रातो वाइनहरु धेरै सेवन गर्नुहुँदैन । मदिरा पदार्थ सेवन गरेको बेलामा प्रशस्त पानी पिउनुपर्छ । मासु र बियरको केमिस्ट्री ज्यादै नराम्रो हो ।

यदि तपाईको घरमा पार्टि छ र त्यहाँ ड्रिङ्स पनि छ भने हरेक पेग रक्सीसंगै पानी सेवन गरौं, मदिरा सेवन गर्नुहुन्छ भने पानी धेरै सेवन गर्नुहोला । खाली पेटमा भने रक्सी सेवन गर्नुहुँदैन ।