काठमाडौं,२४ वैशाख ।
रुपन्देहीका एमाले नेता एवं जनप्रतिनिधिको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नवीन थापामगरको मृत्यु भएको हो। उनको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको बताइएको छ। नेकपा एमालेको वडाध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि संक्रमित भएपनि बेड अभावका कारण होमआइसोलेसनमा थिए ।
कोरोनाको दोस्रो लहर : दाङमा १० पत्रकार संक्रमित, एकको मृत्यु
कोरोनाको दोस्रो लहर सुरु भएपछि दाङमा १४ जना पत्रकार संक्रमित भएका छन्। तीमध्ये एकको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ।
पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार गम्भीर संक्रमितको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ। अन्य १२ जना पत्रकार होम आइसोलेसनमा रहेका छन्। उनीहरुको अवस्था सुधारोन्मुख रहेको उनले बताए ।
संक्रमित पत्रकारमध्ये केहीका परिवारका सदस्य समेत संक्रमित भएका छन्। उनीहरुको अवस्था पनि सुधार भैरहेको अध्यक्ष केसीले बताए।
‘केही साथीहरु घरमा बस्दा परिवारलाई पनि संक्रमण फैलने समस्या भैरहेको छ,’ अध्यक्ष केसीले भने, ‘त्यसैलाई मध्यनजर गरी हामीले महासंघ कार्यालयमा ६ शय्याको आइसोलेसन तयार पारेका छौं। तरm अक्सिजनको अभाव भएको छ।’
आइसोलेसनमा घोराही उपमहानगरपालिका–१५ का शीतल रावतले दुईवटा सिलिण्डर उपलब्ध गराएको उनले बताए। अझै कम्तीमा १० वटा अक्सिजन सिलिण्डर आवश्यक परेको अध्यक्ष केसीको भनाइ छ।