मृगौला खराब हुनुभन्दा पहिले शरीरले दिन्छ यस्तो संकेत, भूलेर पनि नगर्नुहोस् इग्नोर

हाम्रो सन्देश संवाददाता

मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ। मृगौलाकै कारण हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिजपदार्थलाई सन्तुलित बनाएर राख्छ। जब मृगौलाको कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन। मृगौलाको जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ। साथै उपचार विधी पनि महंगो हुनेगर्छ। त्यसैले संभव भएसम्म मृगौलालाई स्वस्थ्य राख्न प्रयास गर्नुपर्छ। अतः यहाँ मृगौला खराब हुँदा देखिने सुरुवाती लक्षणहरु दिइएको छ।

– मृगौलामा समस्या हुँदा पिसाबको मात्रा र पिसाब हुने समयमा परिवर्तन हुन्छ। – पिसाबको मात्रा अचनाक कम हुन्छ वा बढ्छ। – पिसाबको रंग वाढा हुन्छ। – पटक पटक पिसाब आएको महसुष हुन्छ तर, पिसाब आउँदैन। – पिसाब गरेको समेमा दुख्छ। – पिसाबका रगत देखिन्छ। – हात, खुट्टा, अनुहार सुन्निछ। – अत्याधिक शारीरिक थकावट तथा कमजोरी महसुष हुन्छ।

– चिडचिडापन आउँछ । कुनैपनि काममा एकाग्रता हुँदैन। – हरेक समय चिसो महसुष हुन्छ। – छाला चिलाउन थाल्छ। – मुखमा दुर्गन्ध आउँछ। – वान्ता हुन्छ। – भोक लाग्दैन। – सास लिन असुविधा हुन्छ। – हरेक समय कम्मरको भाग दुख्छ।

के कारणले हुन्छ मृगौलाको समस्या ?

जब मृगौलामा अत्याधिक दबाब वा तनाव हुन्छ, यस्तो परिस्थितीमा मृगौलामा समस्या हुन्छ। १) उच्च रक्तचापले मृगौलालाई असर गर्न सक्छ । किनभने उच्च रक्तचापमा हाम्रो रक्त धमनीमा अत्याधिक दबाव पर्छ । यसले हृदय रोग निम्त्याउन सक्छ ।

२) यदि मधुमेहका रोगीले मधुमेहमा नियन्त्रण गर्न सकेन भने शरीरमा अत्याधिक ग्लुकोजको निर्माण हुन्छ। यहि ग्लुकोज जम्मा हुँदा मृगौला हुने स–साना फिल्टरमा समस्या हुन्छ। त्यही कारण मृगौलाले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सक्दैन । फलत, मृगौला खराब हुनसक्छ।

३) जब हाम्रो शरीरमा अचानक रक्तप्रवाह रोकिन्छ, त्यस्तो अवस्थामा पनि मृगौलाले काम गर्न छाड्छ। ४) जब हाम्रो शरीरले मुत्र त्याग गर्न असमर्थ हुन्छ, यस्तो परिस्थितीमा पनि हाम्रो शरीरमा विषाक्त पदार्थ निर्माण हुन थाल्छ। यहि कारण मृगौलामा अतिरित्त भार पर्छ।

५) मृगौलाको आसपास रगत जमेको छ भने पनि मृगौलाको कार्यप्रणालीमा नराम्रो असर पर्छ। ६) शरीरमा कुनैपनि प्रकारका संक्रमण भयो भने पनि मृगौलालाई असर गर्छ। ७) अत्याधिक मात्रामा नसालु पदार्थ, मदिरा आदि सेवन गर्दा पनि मृगौलाले आफ्नो काम गर्न असमर्थ हुन्छ। ८) विभिन्न प्रकारका एन्टिबायोटिक्स गोली लिँदा मृगौलामा हानी पुग्छ।

प्राकृतिक उपचार विधी

मृगौलालाई स्वस्थ्य राख्नका लागि सक्रिय दिनचर्या र स्वस्थ्य खानपान जरुरी हुन्छ। आर्युवेदमा दुबै मृगौला, मुत्रवाहिनी र मुत्राशय आदिलाई मूत्रवह स्रोतको नाम दिइएको छ। मृगौला खराब हुनबाट बच्नका लागि पीपलको पात र निमको पात निकै उपयोगी मानिन्छ । दुबैको मिश्रणलाई राम्ररी पानीमा उमालेर त्यसको रस नियमित मात्रामा पिउनुपर्छ।

यससँगै योगले पनि फाइदा गर्छ। खासगरी कपलभाती योग नियमित रुपमा गर्नुपर्छ। अनुलोम विलोम लगायत कतिपय यस्तो योग हुन्छ, जसले मृगौला खराब हुनबाट बचाउँछ। अकुप्रेसर विधी पनि अपनाउन सकिन्छ । हात तथा खुट्टो कान्छी औंला वा हत्केला र खुट्टाको मध्य भागमा निरन्तर दबाउनु पर्छ।

खानपान

नुन र फस्फोरसको मात्रा कम हुनुपर्छ । पोटेशियम पनि नियन्त्रित हुनुपर्छ। यस्तो अवस्थामा केरा फाइदाजनक मानिन्छ। यसमा कम मात्रामा प्रोटिन हुन्छ। तरल पदार्थ सीमित मात्रामा लिनुपर्छ । उसिनेको सब्जी मात्र सेवन गरौ । तारेको, भुटेको, मसलेदार खानेकुरा सेवन नगरौ।